चिकित्सकको लापारबाहीका कारण उपचारमा ल्याइएको बालिकाकाे मृत्युु भएको भन्दै धरान स्थित विजयपुर अस्पताल ताेडफाेड गरेका छन् । रामधुनी –७ का पञ्चायनका राजेन्द्र कार्कीले ५ महिने छोरी विरामी भएपछि धरान १० मा रहेको विजयपुर अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारका क्रममा तीन घण्टापछि अस्पतालले विराटनगर रिफर गरे पनि बच्चालाई विराटनर लैजाने क्रममा बाटोमै मृत्यु भएपछि मृत्यु भएको बच्चा पुनः विजयपुर अस्पताल फर्काएर बच्चाका अाफन्तहरू द्वारा अस्पताल तोडफोड गरेकाे र तोडफोडबाट हस्पिटलको काउण्टरको सिसा फुटेको छ भने तोडफोडमा संलग्न एकजनाको सीसा फुटेर खुट्टामा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बच्चा अकस्मात विरामी भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे बच्चाको आकस्मिक कक्षमा पेडियाट्रिक पु¥याए पनि त्यहाबाट बच्चालाई बच्चा ओपिडीमा रिफ्र गरिएको थियो ।
ओपिडीमा विरामी बच्चाको उपचार ढिलो हुने भयो भन्दै चाडो उपचारका लागि बच्चालाई विजयपुर अस्पलताल थिए । तीन घण्टापछि विजयपुरले यहा उपचार सम्भव नभएको भन्दै विरानगर लाने क्रममा बच्चाको निधन भएको आफन्तको भनाई छ । हस्पिटलका निर्देशक प्रभाव खतिवडाले भने हस्पिटलमा गलत उपचार नभएको र मुटुमा समस्या भएपछि तत्कालै अन्यत्र रिफर गरिएको बताएका छन् ।