लागूऔषध तस्करीमा संलग्न गुण्डा नाइके रमेश बाहुन भनेर चिनिने सुजन पौडेललाई १० वर्ष कैद गर्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश नवराज दाहालको इजलासले गत आइतबार लागूऔषध मुद्दामा उनलाई कैदका साथै ७५ हजार जरिवानाको फैसला गरेको हो।
उनी ०७१ सालमा खैरो हेरोइनसहित पक्राउ परेका थिए। त्यसयता उनी थुनामा छन्।