“हातमा हात, काँधमा काँध, अगाडी बढौँ एकसाथ” भन्ने मूल नाराका साथ प्रदेश १ को राजधानी बिराटनगरमा नाशा ईन्भेष्टमेन्ट प्रा. लि. संचालनमा आएको छ । श्रावन १५ गते शुक्रबार बिराटनगर महानगरपालिका वडा नम्बर ५ भृकुटी चौकमा कार्यालय उद्घाटन गरी नाशा ईन्भेष्टमेन्ट प्रा. लि. संचालनमा आएको हो ।
शेयर मार्केट प्रति बढ्दो जन–आर्कषनलाई मध्यनजर गदै, हरेक नेपालीको घरदैलोमा शेयर मार्केट सम्बन्धी ज्ञान तथा सेवा पुर्याउँने उदेश्यका साथ नाशा ईन्भेष्टमेन्ट प्रा. लि. संचालनमा आएको संस्थाका अध्यक्ष अरविन्द मेहताले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मेहताले नाशा ईन्भेष्टमेन्ट प्रा. लि.द्वारा संचालित हुने कार्यक्रमहरु बारे जानकारी गराए ।
उनले मौद्रिक मध्यस्ता सम्बन्धि कार्य गर्ने वाणिज्य बैंक, विकाश बैंक, वित्तिय संस्था, बचत तथा ऋण सहकारी संस्था, वित्तिय ठेक्कापट्टा, अन्य कर्जा स्वकृती गर्ने क्रियाकलाप, कोष व्यावस्थापन क्रियाकलाप, पूँजी बजार लगायतका क्षेत्रमा लगानी सम्बन्धि कार्यहरु गर्ने, गराउने बताए ।
त्यसैगरी कार्यक्रमका प्रमुख अथिती समेत रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नाशा ईन्भेष्टमेन्ट प्रा. लि. ले गरीबी निवारण सम्बन्धी कार्यक्रम ल्याएकोमा विराटनगर महानगरपालिकाले पनि सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
सो कार्यालय उद्घाटन समारोहमा विशिष्ठ अथितीको रुपमा अर्थ सरोकार डटकमका कार्यकारी सम्पादक सुरज प्याकुरेल, कानुनी सल्लाहकार श्यामिका महतो सहित स्थानीय उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, पत्रकार तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।