३६ एमएम समु्हमा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल प्रिमियर स्टील पहिलो नेपाली कम्पनी भएको छ । ३६ एमएमको छड ठूला परियोजना हाइड्रो पावर, पुल तथा ड्यामको निर्माणमा प्रयोग गरिन्छ । यसअघि ३० एमएमको छड भारत र अन्य मुलुकबाट आयात गरिन्थ्यो ।
यसले निर्माण कार्यलाई केही आपूर्तिमा ढिलाइ हुन्थ्यो । प्रिमियर स्टीलले अत्याधुनिक प्रविधि प्रयोगबाट उत्पादन गर्दै आएको छ । प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रूपमा स्थापित यस कम्पनीले दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एमएमदेखि ४० एमएम सम्मका छडको उत्पादन गर्दै आएको छ ।
‘हामीले प्रिमियम बिलेटको मात्र प्रयोग गरेर उत्पादन गर्दै आएको छौं, यसले गर्दा हाम्रा उत्पादन उच्च स्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएका छन्, ३६ एम एम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनियसको एकज्वलन्त प्रमाण हो, पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनको प्रयोग गरी उत्पादन गरिने भएको हुँदा हाम्रा उत्पादन सधै उस्तै घनत्व एवं उच्चस्तरीय सर्फेसको साथ बारको डायमिटर सधैं एकनासको प्राप्त गर्न सकिन्छ’ प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर शौरभ सारडाले भने ।