उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सुरू गरेको मेरो देश, मेरै उत्पादनको अभियानलाई जनस्तरसम्म पु¥याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र प्रदेश नं. १ को सरकारलाई हस्तान्तरण गरेको छ ।
स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई मुख्यमन्त्री शेरधन राई, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई हस्तान्तरण गरी दोस्रो चरणको जागरण अभियानको सुरू गरेको हो ।
सो अवसरमा मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पूरा गर्दछु, म आफना छिमेकी, साथी–भाइ, ईष्ट–मित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधै लागिपर्ने छु भन्ने चार वुँदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको थियो ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई निमोनिक लोगो फ्रेम र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड प्रदान गर्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले राष्ट्रव्यापीरुपमा ०७७ चैत १३ गते तत्कालिन प्रधानमन्त्री केपी.शर्मा ओलीबाट मेरो देश, मेरै उत्पादन प्रारम्भ गरिएको अभियानलाई जनस्तरसम्म पु¥याउन दोस्रो चरणमा सुरू गरिएको बताए ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाले स्वदेशी उद्योगहरुको संरक्षण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोही अनुरुपको व्यवस्था गर्न आग्रह गरे ।
कार्यक्रममा व्यापार संघका निवर्तमान अध्यक्ष पवन शारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, संघका उपाध्यक्ष अनुपम राठी, संगठनका कोषाध्यक्ष विपिन कावरालगायतको सहभागिता थियो ।