भन्सारमा कर्मचारी र एजेन्ट आमनेसामने

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

बिहिबार, साउन १४, २०७८ || 896  पटक पढिएको

विराटनगर भन्सार कार्यालयका कर्मचारी र, भन्सार एजेन्टहरू आमनेसामने भएपछि काम कारवाही प्रभावित बनेको छ । एउटालाई गल्ती देखाएर कसैको भलो चिताउने कार्य ठिक होइन ।

भन्सार कार्यालयमा काम गर्ने भन्सार एजेन्ट र भन्सार प्रतिनिधिहरूले प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीका विरूद्ध अनियमितता गरेको विषयलाई अख्तियारमा उजुरी दर्ता गराएका छन् । अर्कोतर्फ भन्सार अधिकृतले भन्सार एजेन्ट प्रतिनिधिलाई भन्सार नाका प्रवेशमा रोक लगाएको छ ।

भन्सार कार्यालयबाट चेकजाँच भएर पास भई निस्किएको भन्सार एजेन्ट प्रतिनिधि अकबर मियाको सामानलाई जिल्ला प्रहरी कार्यालय मोरङ र राजश्व अनुसन्धान इकाइ कार्यालय इटहरीसँग समन्वय गरेर पक्राउ गर्न सूचना चुहावट गरी भन्सार अधिकृतको बेइज्जती हुने गरेको भन्दै भन्सार एजेन्ट प्रतिनिधि राजकुमार रौनियारलाई भन्सार प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

प्रमुख भन्सार अधिकृत भण्डारी काठमाडौमा रहेको बेला निमित्त भन्सार प्रमुख तिवारी थरका अधिकृतले एजेन्ट रौनियारलाई भन्सारको गतिविधिलाई बाहिर चुहाएर भन्सार अधिकृतहरूको बेइज्जती गरेको भन्दै निष्काशन गरेपछि भन्सार एजेन्ट र कर्मचारी आमने सामने छन् जसको असर भन्सारको राजश्वमा परेको छ । भण्डारीले राम्रो काम गर्दागर्दै गलत देखाउने प्रयास भएको छ ।

लक्ष्यअनुसार कर संकलन गराउन सफल भएका भण्डारीले सरकारी सेवाबाटै अनिवार्य अवकाश ग्रहण गर्ने बेलामा यसरी विवादमा ल्याउने काम चैं राम्रो भएन । गल्ती एउटाले गर्ने अनि दोष भण्डारीलाई दिने ? यसबारे अख्तियारमा परेको उजुरीको छानविन होला तर, यस्ता वेनामे उजुरी अख्तियारमा धेरै पर्छन् ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!