चाउचाउ उत्पादनमा अग्रणी मानिएको एसियन थाइफुड्स २१ बर्षमा प्रवेश गरेको छ ।
रमपम चाउचाउबाट यात्रा सुरू गरेको यो कं. ले वाइवाई, राराको एकाधिपत्यलाई तोड्न सफल भएको थियो । यसले टुपिएम, प्रितीलगायतका धेरै ब्राण्डलाई अघि सारेको छ । २१ बर्षमा एउटा ब्राण्ड सशक्त ढंगले बजारमा स्थापित भएको कं. का प्रबन्ध निर्देशक महेश जाजुले बताए ।
‘यो अवधिमा हामीले आन्तरीक मात्र होइन बाहिय देशमा पनि ब्राण्डलाई स्थापित गरायौं’ जाजुले भने । चाउचाउको सफलतापछि कं. ले गुडलाइफ बिस्कुट, गुढलाइफ जुस, बम चकलेटलगायत धेरै उत्पादनमा हात हालेको छ । यसले बजारमा ल्याउने हरेक उत्पादनलाई उपभोक्ताले रुचाएका छन् ।
जाजुले कं. लाई राष्ट्रिय घेराबाट माथि उठाउने प्रयास स्वरुप काम भइरहेको बताए । दुई दशकअघि जाजुले चाउचाउ उत्पादन थालेर बजारमा ल्याउँदा विराटनगरमा बेण्डबाजाको प्रयोग गरेका थिए । त्यो बेला आलोचकले जाजुले चाउचाउको विवाह गराए भन्दै गिज्याएका थिए । तर, जाजु निरन्तर खटे र, रमपमलाई एक सफल ब्राण्ड बनाउन सफल भए । भारतीय एक सेनेमाको गीतको अन्तरामा बज्ने रमपम तारारमपम शब्दबाट रमपम मनपराएर जाजुले प्रयोग गरेका थिए ।