उद्योग संगठन मोरङले आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा राखी यस क्षेत्रलाई चलायमान बनाउन संचालनमा ल्याउने कार्यक्रममा सहकार्यका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्षसँग छलफल गरेको छ ।
छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सीप विकास कार्यक्रम, ईन्टरप्राईजिङ ईस्ट र शिप विकास ईकाईको स्थापना जस्ता कार्यक्रमले प्रदेशकै गरिमा अभिवृद्धि गर्दै यस क्षेत्रलाई लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्ने भएकाले यस प्रकारका वहुआयामिक कार्यक्रमहरुमा प्रदेश सरकारलाई सहकार्य गर्न अनुरोध गरे ।
सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश कै समग्र आर्थिक विकासलाई दृष्टिकोण गरी संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार भएको बताइन ।
उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीन खम्वे अर्थतन्त्रलाई महत्व दिएको बताउदै संगठनबाट प्रस्तुत योजनाले प्रदेश कै पहिचानलाई स्थापित गर्न मद्त पुग्ने विश्वास व्यक्त गरे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले समग्र उद्यमशिलताको ईको सिस्टम विकास गर्नसंगठनबाट प्रस्तुत रणनीतिक योजनाले महत्वपूर्ण भूमिका निर्वाह विश्वास व्यक्त गरे ।
त्यस्तै उद्योग संगनठ मोरङले नविनतम व्यवसायिक योजनालाई उद्यमशिलता रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यले १५ भन्दा बढी पालिकाको उपप्रमुख र प्रशासकीय अधिकृतसित भर्चुअल बैठक गरेको छ ।
स्र्टाटअप कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा, संगठनका स्थानीय, प्रदेश, संघिय सरकार समन्वय समितिका संयोजक तारानाथ निरौलाले स्थानिय पालिकाका प्रतिनिधिलाई पालिकाको रोजगार सूचना केन्द्रमा दर्ता भएका रोजगारका खोजीमा रहेका उद्यमशिलता गर्न चाहने युवालाई स्र्टाटअप कार्यक्रममा आवद्ध हुनका साथै रोजगारीको खोजीमा रहेका व्यक्तीलाई शिप विकास एकाई मार्फत सेवा लिन सहजीकरण गर्न अनुरोध गरे । संगठनका महानिर्देशक चुडामणि भट्टराईले संगठनले प्रारम्भ गरेको स्र्टाटअप कार्यक्रमको अवधारणा, यसका लक्षित वर्ग, कार्यक्रमको अवधि लगायतका विषयमा बोलेका थिए ।