हिपमत डटकम

बुधबार, आषाढ २३, २०७८ || 527  पटक पढिएको

केही हप्ता अघि ३ हजार माथि उक्लेको सेयर बजार परिसूचक नेप्से लगातारको गिरावटसँगै बुधबार २ हजार ८ सयको विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक थप १६.९७ अंकले घटेर २ हजार ८०१.१३ विन्दुमा झरेको हो ।

गत मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १.५० अंकले घटेर ५२५.२४ विन्दुमा झरेको छ ।

यस दिन विकास बैंक र माइक्रोफाइनान्स दुई समूह चम्किदा अन्य प्रायः सबै जसो समूहहरु गुमाएका छन् । आज कुल २२२ कम्पनीका एक करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४६ हजार १८३ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ०७६ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!