मंगलवार शेयर बजारमा सामान्य करेक्सन भएको छ ।
यस दिन नेप्से परिसूचक ५.२४ अंकले घट्दै बजार २८१८.१० विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक १.९७ अंकले घटेर ५२६.७५ विन्दुमा झरेको छ ।
कुल २ सय २० कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
मंगलवार निर्जीवन बीमा समूहको सूचक सबैभन्दा बढी १.२ प्रतिशतले बढेको छ । यसपछि उत्पादन तथा निर्माण समूहको सूचक सबैभन्दा बढी १.०२ प्रतिशतले बढेको छ ।
बैंकिङ, निर्जीवन बीमा, उत्पादन तथा निर्माण, माइक्रोफाइनान्स तथा जीवन बीमा समूहबाहेक अन्य सबै समूहको सूचक मंगलवार ऋणात्मक छ ।
यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ८.३१ प्रतिशतले बढेको छ ।
यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ५.५३ प्रतिशतले घटेको छ ।
सोमवार मात्रै उद्घाटन भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्य ५.०४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको शेयर ३५ करोड ८७ लाख ३९ हजार ३०१ रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।