हिपमत डटकम

सोमबार, आषाढ १४, २०७८ || 652  पटक पढिएको

रौतहट । रौतहटमा छैठो पटक निषेधाज्ञा थपिएको छ । गत असार ७ गते थपिएको निषेधाज्ञा सोमबार १४ गते राती १२ बजे सकिदै छ । रौतहटमा अझै कोरोना संक्रमणको जोखिम यथावत नै रहेको जनाउदै असार २० गते राती १२ बजेसम्म लागु हुने गरि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला कोभिड—१९ ब्यबस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमण दर घट्दै गएको भएतापनि जोखिम भने यथावत रहिरहेकाले निषेधाज्ञा थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । थप निषेधाज्ञामा भने होटल तथा रेस्टुरेस्टहरु राती ८ बजेसम्म सञ्चालन गर्न पाउने भएको छ । यातायतात भने जोर गते जोर र विजोर गते विजोेर नम्बरको गाडी चलाउने पाउने जनाएको छ ।

भिडभाड हुने क्षेत्रहरु सभा सम्मेलन , गोष्ठि , सिनेमा हल , मनोरञ्जन स्थलहरु, खेलकुद लगायत शेक्षिक संस्थाहरु भने सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसबाट सुरक्षित रहनका लागी मास्क अनिवार्य प्रयोग गर्नु पर्ने । स्वास्थ्य मापदण्डलाई पालना गर्न समेत जिल्ला प्रशासन कार्यालय रौतहटले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!