हिपमत डटकम

आइतबार, आषाढ १३, २०७८ || 1259  पटक पढिएको

झापा। झापाको भद्रपुर नगरपालिकाले इसिडी शिक्षक र विद्यालय कर्मचारीको स्थानीय तहअन्तर्गतको व्ययभार थप रू.७००० विनियोजन गर्नुपर्नेमा नगरेको भन्दै शिक्षकहरू आन्दोलित भएका छन् ।

संघीय सरकारले बजेटमा “इसिडी शिक्षक र विद्यालय कर्मचारीको तलबको रू.१५००० मध्ये रू. ८००० संघीय सरकारले र रू.७००० स्थानीय तहले व्यहोर्ने” उल्लेख गरेपनि अधिकांश तहले सो शिर्षकमा बजेट विनियोजन गरेका छैनन् र यो विषय भोलिका दिनमा झन् पेचिलो बन्ने देखिएको छ ।

केही दिन अघि उक्त शिर्षकमा बजेट विनियोजन गर्न पालिका बाध्यात्मक नभएको भन्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्गठनले आपत्ति जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!