बारा। बाराको सुवर्ण गाँउपालिकाले सातौ गाँउ सभा बाट आ ब ०७८/०७९ मा रु ३७ करोड १ लाख १५ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुवर्ण गाँउपालिकाको प्राङ्गणमा आयोजित सातौ गाँउ सभालाई नेपाली कांग्रेसको केन्द्रिय सद्स्य रामअयोध्या यादवले पानसमा दिपप्रजोलित गरि उदघाटन गर्नु भयो ।
सातौ गाँउ सभामा प्रमुख अतिथि समेत रहनु भएको यादवले गाँउपालिकाको बिकासमा गाँउपालिकाले ल्याएको बजेट सराहनीय रहेको बताउनु भयो । सुवर्ण गाँउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको सतौ गाँउ सभा बाट आर्थिक बर्ष ०७८/०७९ को लागि ३७ करोड १ लाख १५ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।
आ ब ०७८/०७९ को लागि नेपाल सरकार बाट बितिय समानिकरण अनुदान रु १० करोड ८९
लाख , राजश्व भांडफाड रु ७ करोड ४ लाख ४८ हजार , सशर्त अनुदान रु १४ करोड ३७ लाख ६० हजार, समपुरक अनुदान ८३ लाख को सिलिङ्ग गाँउपालिका उपाध्यक्ष बबिता देबि यादवले प्रस्तुत गर्नु भएकी थिईन । त्यसतै प्रदेश सरकार बाट समानिकरण अनुदान ७३ लाख २६ हजार , राजश्व भांडफाड रु ४५ लाख ७३ हजार बिशेश अनुदान ३० लाख, जिल्ला समन्वय समिति बाट प्राप्त अनुदान
५० लाख, सवारी साधन कर अनुदान प्राप्त २४ लाख २८ हजार ८३ रुपैया गरी गत आर्थिक वर्षको अनुदान ल्या लयाई बजेटको सिलिङ्ग प्राप्त भएको छ ।
गाँउपालिका अध्यक्ष यादवले अगामी बजेट कोभिड नियन्त्रण ,शिक्षा स्वास्थ , कृषि तथा पुर्वाधार निर्माण कार्य प्राथमिकता रहेको बताउनु भयो । सातौ गाँउ सभामा प्रदेश सभासद बच्चा यादव , सुवर्ण गाँउपालिका कार्यालयको प्रमुख प्रशासकिय अधिकृत नबिन श्रीवास्तव लगायत सम्पूर्ण कर्मचारीहरु, सम्पूर्ण वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो ।