दुई दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार ५५.७६ अंकले बढेर २८२७.१३ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ सूचक समेत ७.८३ अंकले बढेर ५०५.१५ विन्दुमा पुगेको छ ।
परिसूचक बढे संगै बुधवार कारोबार रकम समेत उच्च रुपले बढेको छ । मंगलबार ८ अर्ब रुपैयाँको शेयर कारोबार भएको बजारमा बुधबार ११ अर्ब ३४ करोड १८ लाख १५ हजार ३५६ बराबरको शेयर कारोबार भएको छ । २१९ कम्पनीको २ करोड २६ लाख १३ हजार ०२९ कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन १३ वटा उपसमूह सूचकहरुमध्ये एकमात्र मिच्वल फण्ड ०.१२ प्रतिशतले घटेको छ भने अन्य सबै १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ । यस दिन फाइनान्स उपसमूह सर्वाधिक ७.९१ प्रतिशतले बढेको छ ।
बुधबारको कारोबार सर्वाधिक राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ८ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।