साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४५.२५ अंक घटेर २७८२.६८ विन्दुमा बन्द भएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स समेत ६.५८ अंक घटेर ५००.४७ विन्दुमा झरेको छ ।

यस दिन २१८ कम्पनीको १ लाख ४८ हजार ७१५ पटकको कारोबारमा १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २९१ रुपैयाँ बराबरको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से ओरालो लागेपनि यस दिन राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नारायणी विकास बैंकको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा पनि यस दिन राधी विद्युत कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९१ करोड ८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । कम्पनीले बोनस शेयरपश्चात हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएको जानकारहरु बताउँ छन् ।

शेयरमूल्य घटेका १० शीर्ष कम्पनीहरुमा सबै जलविद्युत कम्पनीहरु नै रहेका छन् । जसमध्ये बरुण हाइड्रोपावरको शेयरमूल्य ९.५७ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्डबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.३१ प्रतिशत, व्यापार उपसमूह ३.७९ प्रतिशत, निर्जीवन बीमा २.५७ प्रतिशत, अन्य २.४५ प्रतिशत, विकास बैंक १.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन १.७७ प्रतिशत, जीवन बीमा १.९३ प्रतिशत र बैंकिङ्गको परिसूचक १.०१ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!