सिरहा । लहान नगरपालिका-७ बस्ने ३२ वर्षीय रामलखन महतोको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको कलमा मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।