कोरोना नियन्त्रणबारे मुख्यमन्त्री राउतले गरे सिडिओसँग छलफल

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्था बारे आठ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुसंग छलफल गरे

गणेश कुमार ठाकुर

शुक्रबार, जेठ १४, २०७८ || 462  पटक पढिएको

सिरहा  । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्था बारे आठ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुसंग छलफल गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरे भर्चुअल सम्बादमा मुख्यमन्त्री राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंग जिल्लाको वर्तमान अवस्था, सरकारले चालेका कदमहरुको प्रभाव र अगामी दिनमा अपनाउनु पर्ने रणनीतिहरु बारे जानकारी लिए । छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा रहेको कोरोना संक्रमितहरुको अवस्था, अस्पतालहरुमा थप गर्नु पर्ने सुविधा बारेमा जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारीहरुको व्रिफिङ्गपछि मुख्यमन्त्री राउतले जिल्लाहरु बाट भएको मांगहरु बारे प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्र र मन्त्री परिषदको बैठकबाट निर्णय गरिने जानकारी गराएका छन् । बैठकमा प्रमुख सचिव गोकर्ण मणि दुवाडी सहित सरोकारबला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!