बिराटनगर महागरपालिका वडा नं. ६ का केहि युवाहरू समाजिक सेवा कार्यकमा अग्रसर भएका छन् । कोरोना महामारीको कठिन परिस्थितिमा ‘भाषन मात्र दिने मुख भन्दा सहयोग गर्ने हातहरु पबित्र हुन्छन’ भन्ने उदेश्यका साथ उनिहरू सामाजिक उत्तरदायित्व निर्वाह गर्न युवा समुह बिराटनगर नामक अभियान लिएर अगाडि बढेका छन् ।
कोरोना महामरीको दोस्रो लहर नियन्त्रण गर्न जारी गरिएमको निषेधयज्ञामा महानगर भित्र रहेका अपङ्ग, असाहय, फरक क्षमता भएको मानिसहरु र दैनिक रुपमा ज्यालादारी गरेर जिविका चलाउनेहरुको लागि निःशुल्क खाना खुवाउने अभियानमा उनीहरु लागेका छन् ।
बिराटनगर महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिजय कामतीको नेतृत्वमा संचालन गरिएको सो अभियानमा शुरुमा २०० जनालाई खाना खुवाउदै आएकोमा हाल ६०० जना सम्मलाई खाना खुवाउदै छन् ।
कोरोना महामारीले बिश्व आक्रान्त भएको यस कठिन परिस्थितिमा सबै एकै ठाउमा उभिएर बिपतको सामना गर्नु पर्ने बेला आएको अभियानका नेतृत्व कर्ता तथा वडा अध्यक्ष कामतीले हिपमत डटकमलाई बताए ।
यो अभियान स्थानीय तनवीर खान, संजय विशकर्म, फिरोज आलम, प्रिती पाशवान, मेहताब खान, रोशन गीरीको बिशेष पहलमा संचालनमा आएको छ ।
निशुल्क खाना खुवाउनको लागि सुरुमा युवाहरुले आफ्नै लगानीबाट अभियानको थालनी गरिएको भए पनि हाल सहयोगी दाताहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको अभियानकर्ता रोशन गिरीले बताए । मानव सेवालाई सर्बप्रिय ठानी जे सकिन्छ र जति सकिन्छ सबै ले आ–आफ्नो ठाउँबाट सहयोग गरौ भन्दै आफ्नो अभियानमा सहयोग गरिदिन गिरीले सबैमा अपिल समेत गरेका छन् ।