शुक्रबार, माघ २४, २०७६ || 680  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२४ माघ : बागमती प्रदेशले विद्युतीय बस सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसअघि सङ्घीय सरकारले विद्युतीय बस सञ्चालनको रणनीति बनाएपनि साझा यातायातबाट पैसा फिर्ता लिने नीति लिएसँगै प्रदेश सरकारले आफैले विद्युतीय बस सञ्चालनको प्रक्रिया अघि बढाएको हो । बागमती प्रदेशले छुट्टै स्वायत्त निकाय स्थापना गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ । यसअघि प्रदेश सरकारले बस सञ्चालनका लागि साझालाई ३० करोड रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर संघीय सरकारले नै साझालाई दिएको तीन अर्ब फिर्ता गरेसँगै प्रदेश सरकारले पनि साझालाई रकम नदिने भएको हो । अहिले प्रदेश सरकारले यहि रकमको प्रयोग गर्दै आफैं विद्युतीय बस खरिद गर्ने र सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ । विद्युतीय बस खरिदसँगै प्रदेश सरकारले अब प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी समेत गरेको छ । यसका लागि आवश्यक छलफल भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!