शुक्रबार, माघ २४, २०७६ || 1102  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२४ माघ : युरोपेली देश स्विटजरल्याण्ड विश्वको सबैभन्दा महँगो देश बनेको छ । ८६ लाख आवादी रहेको सुन्दर देशहरुमध्यको एक स्विटजरल्याण्ड सबैभन्दा महँगा देशहरुको सूचीमा पहिलो स्थानमा परेको हो । त्यसैगरी करिब ५४ लाख आवादी रहेको देश नर्वे उक्त सूचीमा दोस्रो स्थानमा र ३ लाख ६३ हजार जनसंख्या रहेको आइसल्याण्ड तेस्रो स्थानमा परेको छ । महँगो देशको सूचीमा नेपाल १ सय २२ स्थानमा परेको छ भने सस्तो देशको सूचीमा यो ११ औं स्थान हो । सबैभन्दा महँगो एसियाली देश जापान उक्त सूचीमा चौथोमा परेको छ । त्यसलाई पछ्याउँदै सिंगापुर नवौं स्थान र दक्षिण कोरिया १० औं स्थानमा परेका छन् । त्यसैगरी दोस्रो ठूलो अर्थतन्त्र भएको चीन महँगो देशको यो सूचमा निक्कै तल ८० औं स्थानमा परेको छ भने अमेरिका २० औंमा छ । विश्वको सबैभन्दा सस्तो देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा परेको छ भने दोस्रोमा अफगानिस्तान र तेस्रोमा भारत परेका छन् । अमेरिकाको आर्थिक अखबार सीइओ वर्ल्डले विश्वका १ सय ३२ देशको सर्वेक्षण गरी उक्त सूची जारी गरेको हो । यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!