हिपमत डटकम
बिराटनगर,१८ माघ:विराटनगर ५ का उमेश कटुवालले जाडोको न्यानो कपडा साथै खाद्यान्न सामाग्री वितरण गरेका छन् । विराटनगर १० स्थित मानव सेवा आश्रमलाई शुक्रवार भाउजुको ४५ औं दिनको पुण्यतिथिको अवसरमा वितरण कट्वालले गरेका हुन् ।
विराटनगरको सप्तकोशी नर्सिङ होम एवम् अस्पतालको लापरवाही रुपमा चिकित्सकले शल्यक्रिया गर्दा अत्याधिक रक्तचापका कारण मेनुका अधिकारी कटुवालको निधन भएको थियो । मेनुकाको आत्माको शान्तीका लागि देवरले वहाँको पुण्य तिथिको अवसर कपडा वितरण गरेको बताईका छन् ।