हिपमत डटकम
झापा, माघ १७ : झापाको शिवसताक्षी नगरपालिका-७ लालपानेका कुमार श्रेष्ठको २२ महिने छोरा सिद्धार्थ श्रेष्ठको पानी डुबेर मृत्यु भएको छ । बिहिवार बिहान साँढे ७ बजेको समयमा घर देखि ५० मिटरको दुरीमा रहेको पैनीमा डुबिरहेको अबस्थामा बालककै बाबुले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि बि.एण्ड.सी. अस्पताल लगेकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटि गई घटना बारे थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।