फल्गुन महिनाको पहिलो कारोबार दिन नेप्से परिसूचक ३३.३३ अकंले ओरालो लागेको छ । गत महिना रकम करोबार १० अर्ब सम्म भएको बजारमा फाल्गुन महिनाको पहिलो कारोबार ३ अर्ब भन्दा बढीले कम भएको छ ।
बजारको शुरुवात २५३६.४७ बाट भएपनि लगातार ओरालो लागेर २४९३.५९ मा बन्द भएको हो । नेप्से परिसूचक १.३२ प्रतिशतले करेक्सन भएको यस बजारमा सेन्सेटिभ इन्डेक्स समेत ९.३१ अंकले घटेर ४५४.१२ मा बन्द भएको छ ।
यस बजारमा १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता शेयर खरिद बिक्रि भएको छ भने ५८ हजार ३०९ पटक लेनदेन कारोबार भएको छ । २०२ कम्पनीको सहभागि भएको यस बजारमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ को रकम कारोबार भएको छ । एकमात्र मिच्वल फण्डमा हरियो देखिए पनि अन्य सबै क्षेत्र रातोमा देखिएको छ ।
यस दिन सर्वाधिक कारोबार भएको क्षेत्रमध्ये कमर्सियल बैंक २ अर्ब ०५ करोड ११ लाख ०२ हजार ७८५, ननलाइफ इन्सोरेन्स १ अर्ब २५ करोड ४१ लाख ९४ हजार ४५६, माइक्रोफाइनेन्स १ अर्ब ०२ करोड ८९ लाख ६८ हजार ५३४ रहेको छ । सप्ताहको पहिलो कारोबारबाट लगानिकर्ताहरु निराश बनेका छन् । उनीहरु बिहीवार बजार करेक्सन भएकोले आइतवार सुधार हुने आशा लिएका थिए ।