हिपमत डटकम

बिहिबार, माघ २९, २०७७ || 648  पटक पढिएको

विहीवार शेयर सप्ताहको अन्तिम कारोबार नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ मा बन्द भएको छ । मंगलवार ओरालो लगेको बजार बुधबार ८.६६ अंक बढेको थियो भने विहीवार सप्ताहको अन्तिम कारोबार १६.११ अंकले ओरालो लागेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत १.६६ अंकले ४६३.४७ बिन्दुमा बन्द भएको छ ।
२०६ कम्पनी सहभागि भएको यस बजारमा १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर खरिद बिक्री भएको छ भने ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ००३ को कारोबार भएको छ । यस बजारमा बैंकिङ्ग, डिभलोपमेन्ट बैंक र मिच्वल फण्डमा हरियो देखिए पनि अन्य सबै क्षेत्र रातोमय देखिएको छ ।

समग्र बजार ओरालो लागे पनि सर्वाधिक कारोबार भएको क्षेत्रमध्ये कमर्सियल बैंक अग्रणी स्थानमै रहेको छ । बुधवार ३ अर्ब बढीको कारोबार भएको यस बैंकले विहीवार समेत ३ अर्ब ०५ करोड ३९ लाख ७१ हजार ११७ को कारोबार भएको छ । त्यस्तै माइक्रो फाइनेन्सको १ अर्ब ५८ करोड ७५ लाख ०८ हजार १८१ को कारोबार भएको छ ।

बुधबार शेयरबजार सकारात्मक भएर बन्द भएपछि लगानीकर्ताहरुले यस दिन पनि सकारात्मक हुने अपेक्षा गरेका थिए । बजारमा बिक्रेताको चाप बढेकोले बजार ओरालो लागेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!