हिपमत डटकम
संखुवासभा,माघ-१६ गते ।
चैनपुर नगरपालिका-२ मयुम बस्ने दुर्गा प्रसाद सिमखडाको श्रीमती ६० वर्षीया बाटुली सिमखडाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ। आज बिहान पउने १० बजे चैनपुर भित्र कच्चीबाटोमा नुनढाकीबाट ईटहरी तर्फ आउदै गरेको को १ ख ४२८२ नम्बरको ट्रक बाटोको बाँया साईडमा धस्रीन गई पैदल यात्री बाटुली सिमखडालाई ठक्कर दिदा घाईते भएकी उनलाई को २ ह ५४१४ नम्बरको अटोमा उपचारार्थ लैजादै गर्दा करिब एक सय मिटरको दुरिमा अटो समेत अनियन्त्रीत भई दुर्घटना हुदा बाटुलीलाई इस्ट्रेचरमा राखेर पुन उपचारार्थ लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। ट्रक चालक सुनसरी धरान-१७ बस्ने डम्बर बि.क. र ट्याम्पो चालक संखुवासभा चैनपुर मयुम बस्ने गोबिन्द प्रसाद कोइराला ईलाका प्रहरी कार्यालय चैनपुरको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।