मंगलवार २६.३७ अंकले ओरालो लागेको बजार बुधवार ८.६६ अंकले बृद्धि भई २५४३.०३ बिन्दुमा बन्द भएको छ । ०.३४ अंकले बढेको यस बजारमा सेन्सेटिभ इन्डेक्स समेत २.५६ अंकले बढेर ४६५.१३ बिन्दुमा बन्द भएको छ । १९१ कम्पनी सहभागी भएको यस बजारमा ६२ हजार १५ पटक लेनदेन कारोबार भएको छ भने १ करोड ४९ लाख ०६ हजार ०७७ कित्ता शेयर खरिद बिक्री भएको छ ।
बुधवार ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ को कारोबार भएको यस बजारमा कमर्सियल बैंकको कारोबार ३ अर्ब ०७ करोड ७० लाख ४१ हजार ३८५, माइक्रोफाइनेन्स १ अर्ब १७ करोड १० लाख ८६ हजार ७८३ को कारोबार भएको छ ।
यस बजारमा बैंकिङ्ग, होटल, डिभलपमेन्ट बैंक, फाइनेन्स र ननलाइफ इन्सोरेन्स हरियो देखिएको छ भने अन्य सबै क्षेत्र रातोमय देखिएको छ । जी बी आइ एम इ को कारोबार ५२ करोड १७ लाख २५ हजार १८८ र प्रभुबैंक लि.को कारोबार ४६ करोड ०८ लाख ३७ हजार ४०९ भएको छ । त्यस्तै के बी एलको कारोबार ३७ करोड १६ लाख ९४ हजार ५००, सी आइ सी एल को ३३ करोड ३९ लाख २३ हजार ४५३ र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. को कारोबार २७ करोड ६५ लाख ५३ हजार ९२० रहेको छ ।