लगातार उकालो लाग्दै रेकर्ड कायम गरेको शेयर बजार मंगलवार २६.३७ अंकले ओरालो लागेको छ । सोमवार समेत ३७.४८ अंकले बृद्धि भएको बजार मंगलवार २६.३७ अंकले तल झरेर २५३५.११ मा बन्द भएको छ । १.०३ प्रतिशत करेक्सन भएको यस बजारमा सेन्सेटिभ इन्डेक्स समेत ४.५७ अंकले तल झरेर ४६२.०३ मा बन्द भएको छ ।

सोमवार १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३२७ को कारोबार भएको बजारमा मंगलवार ५ अर्ब ८४ करोड ९४ लाख ६५ हजार ३४९ को कारोबार भएको छ । १९१ कम्पनी सहभागी भएको यस बजारमा ५१ हजार ७९८ पटक लेनदेन भएको छ भने १ करोड १६ लाख २३ हजार ०८६ कित्ता शेयर खरिद विक्री भएको छ । २५६२.४३ बाट शुरु भएको बजार लगातार ओरालो लाग्दै २५३५.११ मा बन्द भएको छ ।

डिभलपमेन्ट बैंक र फाइनेन्समा हरियो देखिए पनि अन्य सबै क्षेत्र रातोमय देखिएको छ । यस बजारमा सर्वाधिक कारोबार भएको क्षेत्र मध्ये कमर्सियल बैंक १ अर्ब ७१ करोड १९ लाख ९७ हजार ८६७ र माइक्रोफाइनेन्स १ अर्ब ३१ करोड १९ लाख ४३ हजार ५६६ को कारोबार भएको छ ।

मंगलवारको बजारमा नेप्से डिसप्लेमा समस्या देखिएको थियो । बजार खुलेको आधा घण्टापछि टिएमएसमा प्रविधिक समस्या देखिएर कारोबार रोकिएको थियो । नेप्सेको कारोबार अवधि ३५ मिनेट थप गरिएकोले अब नेप्से कारोबार ३ः३५ बजे सम्म हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!