हिपमत डटकम
खोटाङ,माघ-१५ गते । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी घर भएका शिक्षक ३४ बर्षीय सहदेव राई मृत अवस्थामा फेला परेका छन । मझुवागढी घर भई हाल ऐसेलुखर्क-५ स्थितमा रहेको शिशु माध्यमीक बिधालय महेश्वरीमा कार्यरत शिक्षक सहदेव राई सोही स्थानमा बस्ने युबराज राईको घरमा कोठा लिई बस्दै आएकोमा आज बिहान ०९ बजे सम्म नउठेकोले सोही बिधालयका प्रधानध्यायपकलाई बोलाई ठोका खोली हेर्दा शिक्षक राई मृत अवस्थामा फेला परेको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।