शेयर सप्ताहको पहिलो दिन आइतवार नेप्से कारोबार सबै रेकर्ड तोडदै ४८.७४ अंक बृद्धि भएर २५२४ मा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत ५.३० अंकले बृद्धि भई ४५९.३२ मा बन्द भएको छ ।

२०२ कम्पनी सहभागी भएको यस बजारमा लाभांश प्राप्त गरेका प्रमुख १० कम्पनी मध्ये ८ वटा कम्पनीको लाभांश १० प्रतिशत र २ वटा कम्पनीको लाभांश ९.९९ प्रतिशत रहेको छ । आइतवारको कारोबारमा १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर खरिद बिक्री भएको छ । ८७ हजार ६७० पटक लेनदेन भएको यस बजारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ को कारोबार भएको छ ।

२४८६.७९ अंक बाट शुरु भएको बजार लागातार उकालो लाग्दै २५२४ मा बन्द भएको छ । बैंकिङ्ग, डिभलपमेन्ट बैंक र मिच्वल फण्डमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ । यस बजारमा सर्वाधिक कारोबार भएको क्षेत्र मध्ये माइक्रोफाइनेन्स २ अर्ब ५३ करोड ७६ लाख १३ हजार ४९१, कमर्सियल बैंक १ अर्ब ८० करोड ७९ लाख ५९ हजार ४८८, ननलाइफ इन्सोरेन्स १ अर्ब ६६ करोड ५८ लाख १४ हजार ५७८, हाइड्रोपावर १ अर्ब ३४ करोड १८ लाख १४ हजार ९३६, लाइफ इन्सोरेन्स १ अर्ब २१ करोड २१ लाख ८२ हजार ६५२ रहेको छ । आइतवार नेप्से कारोबार नयाँ उचाइमा पुगेकोले लगानीकर्ताहरुमा उत्साह बढेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!