हिपमत डटकम

बिहिबार, माघ २२, २०७७ || 667  पटक पढिएको

शेयर सप्ताहको अन्तिम दिन बिहीवार नेप्से परिसूचक ८.३४ अंकले बृद्धि भएर २४७५.२६ मा बन्द भएको छ । बुधवार ६.८१ अंकले ओरालो लागेको बजार बिहीवार ०.३४ प्रतिशले बढेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत १.६८ अंकले बढेर ४५४.०२ मा बन्द भएको छ ।

बजार खुले संगै २४४५ सम्म ओरालो लागेको बजार उतार चढाबका बीच २४७५.२६ मा बन्द भएको छ । २०१ कम्पनी सहभागी भएको यस बजारमा ७ अर्ब ६१ करोड ५० लाख ७१ हजार ०९३ को कारोबर भएको छ । त्यस्तै १ करोड ८७ लाख १९ हजार ३८७ कित्ता शेयर खरिद विक्री भएको छ । बैंकिङ्ग, होटल, डिभलोपमेन्ट बैंक, फाइनेन्स, लाइफ इन्सोरेन्स र मिच्वल फण्डमा रातो देखिएको छ भने ट्रेडिङ्ग, हाइड्रो पावर, ननलाइफ इन्सोरेन्स, मेनुफेक्चरिङ्ग एण्ड प्रोडक्ट, अदर्श र माइक्रोफाइनेन्समा हरियो देखिएको छ ।

बिहीवारको बजारमा सर्वाधिक कारोबार भएको क्षेत्रमध्ये माइक्रो फाइनेन्स १ अर्ब ८४ करोड ९० लाख ९५ हजार ०२६, कमर्सियल बैंक १ अर्ब ५३ करोड ९१ लाख ९० हजार ४७७, ननलाइफ इन्सोरेन्स १ अर्ब १३ करोड ३० लाख २० हजार ५१०, हाइड्रो पावर १ अर्ब ०५ करोड ७९ लाख ६८ हजार ६७८, लाइफ इन्सोरेन्स ७९ करोड ३६ लाख ३१ हजार ७४२ रहेको छ ।

बजार लगातार उकालो लागि रहेकोले लगानीकर्ताहरु असमञ्जसमा परेका छन् । बजारको अवस्था हेरर खरिद गर्ने की बिक्री गर्ने विषयमा उनीहरु असमञ्जसमा रहेको नेप्से जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!