हिपमत डटकम
भारत,माघ -१५:भारतको कोलकातामा ३५ वर्षकी एक महिलाले आफ्नी दुई महिने छोरीको हत्या गरेकी छिन् । महिलाले सुरुमा बालिकाको अनुहार सेलोटेपले बेह्रिदिइन् जसका कारण सास फेर्न नसकेपछि उनको मृत्यु भयो । पछि उनले बालिकाको शवलाई घर नजिकैको नालीमा फ्याँकिदिइन् । महिलालाई अहिले पुलिसले पक्राउ गरेको छ । पुलिसले महिला पोस्टपार्टम डिप्रेशनको शिकार भएको हुनसक्ने अनुमान गरेको छ ।एजेन्सी