हिपमत डटकम

मंगलबार, माघ २०, २०७७ || 746  पटक पढिएको

आइतवार ओरालो लागेको नेप्से कारोबार सोमवार देखि पुनः उकालो लागेको छ । शेयर सप्ताहको तेस्रोदिन मंगलवार २०० कम्पनी सहभागी भएको बजारमा नेप्से परिसूचक संगै सेन्सेटिभ इन्डेक्स समेत बृद्धि भएको छ ।

६५.४९ अंकले बृद्धि भएर २४७३.७३ मा बन्द भएको यस बजारमा सेन्सेटिभ इन्डेक्स समेत १४.१० अंकले बृद्धि भएर ४५१.३८ मा बन्द भएको छ । १ करोड ५३ लाख २५ हजार ६२३ कित्ता शेयर खरिद बिक्रि भएको यस बजारमा ८ अर्ब ५९ करोड ३४ लाख ७२ हजार ९८७ को कारोबार भएको छ । एक मात्र होटलमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ ।

मंगलवारको कारोबारमा लाभांश प्राप्त प्रमुख दश कम्पनी मध्ये ८ कम्पनी को लाभांश ९ प्रतिशत भन्दा बढी र २ कम्पनीको लाभांश १० प्रतिशत रहेको छ । त्यसतै सर्वाधिक कारोबार भएको क्षेत्र मध्ये ननलाफइ इन्सोरेन्स १ अर्ब ५६ करोड ४८ लाख ५५ हजार १६१, कमर्सियल बैंक १ अर्ब ४३ करोड ७५ लाख ९९ हजार ६५९, लाइफ इन्सोरेन्स ९५ करोड ४३ लाख ५० हजार ३९५ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!