शेयर सप्ताहको अन्तिम दिन नेप्से परिसुचक १५.९१ अंकले बढेर २१९४.४८ मा बन्द भएको छ । सप्ताहको शुरुमा ओरालो लागेको बजार बुधवार र विहिवार उकालो लागेको छ । बुधवार १३.०७ अंकले बढेको बजार विहिवार १५.९१ अंकले बढेको छ ।
२०८ कम्पनीको सहभागिता भएको यस बजारमा ५ अर्ब ८७ करोड ४७ लाख ०८ हजार २७९ को कारोबार भएको छ । त्यस्तै १ करोड १७ लाख ६७ हजार ४९२ को शेयर ट्रेड भएको छ । विहिवारको कारोबारमा सेन्सेटिभ इन्डेक्स समेत ३.०८ अंकले बृद्धि भएर ४२१.२२ मा बन्द भएको छ । एकमात्र अदर्शमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ ।