शेयर सप्ताहको चौथों दिन शेयर बजार ४९.१७ अंक बढेर २०६२.०६ मा बन्द भएको छ । बजारको शुरुवात २०२३.६० बाट भएर लगातार उकालो लाग्दै २०६२.०६ मा बन्द भएको छ ।
२०८ कम्पनी सहभागी भएको यस बजारमा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ को खरिदविक्री भएको छ । बुधवारको बजारमा सेन्सेटिभ इन्डेक्स पनि ८.८६ अंकले बढेर ३९१.३० मा बन्द भएको छ । त्यस्तै शेयर ट्रेड ९९ लाख १० हजार ००३ को भएको छ ।
होटल र विकास बैंकमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ । बुधवार सर्वाधिक कारोबार भएको मध्ये कमर्सियल बैंक १ अर्ब ७४ करोड ७६ लाख ३९ हजार १२१, मेनिफेक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग ६३ करोड २५ लाख ६९ हजार ७४१, लाइफ इन्सोरेन्स ४८ करोड ६९ लाख ०६ हजार ९०३, माइक्रोफाइनेन्स ४३ करोड ८६ लाख ५३ हजार ९९८ र अदर्श ३८ करोड ४४ लाख ०७ हजार ५४४ रहेका छन् ।