हिपमत डटकम

आइतबार, पौष १२, २०७७ || 997  पटक पढिएको

बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।

बोक्सीको आरोप लगाउँदै मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवीलाई गत कात्तिक ११ गते कुटपिट गरेकी थिइन् ।

बुहारीको कुटपिटबाट गम्भीर घाइते सुदामादेवीको उपचारका क्रममा मृत्यु भएको थियो । पक्राउ परेकी मन्जुदेवीलाई आजै आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!