हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 823  पटक पढिएको

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर र मकवानपुरबाट २ जना पक्राउ परेका छन् ।

६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ सुइरे बस्ने ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा करणी गरेको भन्ने उजुरी परेपछि महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका-१ धोबिडाँडा बस्ने ६२ वर्षीय आईते सिंह वाईवालाई प्रहरीले पक्राउ गरेको छ । वाईवाले ती महिलालाई पुस ३ गते घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको उजुरी आएको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!