हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 807  पटक पढिएको

सुनसरीको कोशी गाऊँपालिका-८ भाण्टावारीबाट अबैध हातहतियार सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ ।

उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो.मुक्तार मिया र २७ बर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा निजहरुले प्रयोग गरेको २ थान मोटरसाईकल र २ थान मोवायल समेत बरामद गरेको छ । हातहतियार सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा मुलुकी अपराध (संहिता) ऐन-२०७४ को हात हतियार खरखजना सम्वन्धी कसुरमा कानुनी प्रकृया अगाढी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!