शेयर सप्ताहको चौथो दिन नेप्से कारोबार ७.०४ अंकले बृद्धि भएर २०६८.४५ मा बन्द भएको छ । २०३ कम्पनी सहभागी भएको बजारमा ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ को खरिदबिक्री भएको छ । त्यस्तै शेयर कारोबार १ करोड १५ लाख ५८ हजार ९९१ को भएको छ ।


मंगलवार ९५.४६ अंकले बढेको बजार बुधवार ७.०४ बढेपनि सेन्सेटिभ इन्डेक्स १.२४ अंकले ओरालो लागेको छ । बजारको शुरुवात २०९३.९० बाट भएर २१२६.९० मा पुगे पनि धेरैबेर टिक्न सकेन । लगातार ओरालो लागेको बजार २०६८.४५ मा बन्द भएको छ । बैंकिङ्ग, लाइफ इन्सोरेन्स र मिच्वल फण्डमा हरियो देखिए पनि अन्य सबै रातोमय देखिएको छ ।
बुधवारको कारोवारमा एन ए बी आइ एल ९.९७ प्रतिशतले बढेको छ भने एस एफ सी एल ९.६३ अंकले बढेको छ । त्यस्तै एन ए बी बी सी ९.८६ प्रतिशतले घटेको छ भने यू एम आर एच ९.८५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!