हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 946  पटक पढिएको

मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका-२ बाट २ जना र आज बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका-१६ बाट १ जना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ साँढे ६ बजे रतुवामाई नगरपालिका-२ डोरीयाबाट उर्लावारी नगरपालिका-७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई नगरपालिका-५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज बिहान पौने ७ बजे ईटहरी उप-महानगरपालिका-८ का २३ बर्षीय सुमन साह हलुवाईलाई लागुऔषध नाईट्राभेट ४० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!