आइतवार शेयर सप्ताहको पहिलो दिन संसद विघटनको प्रभाव शेयर बाजरमा पनि देखिएको छ । दिउँसो राष्ट्रपतिद्वारा संसद विघटनको प्रस्ताव अनुमोदन भए संगै शेयर कारोबारमा तनावको वातावरण सृजना भएको हो ।


२०४६.५७ बाट शुरुवात भएको बजार ९६.८८ अंक घटेर १९३५.६३ मा बन्द भएको छ । १९८ कम्पनीको सहभागीता भएको बजारमा ९ अर्ब ०४ करोड ७९ लाख २७ हजार ५४७ को खरिदबिक्री भएको छ भने १ करोड ४५ लाख ०९ हजार ५३३ को शेयर ट्रेड देखिको छ । सेन्सेटिभ इन्डेक्स समेत १६.३९ अंकले तल झरेर ३६९.५५ मा बन्द भएको छ ।


संसद विघटन संगै परिवर्तित राजनीतिक उथलपुथलले गर्दा शेयर व्यवसायीहरु आत्तिएर कारोबार गरेकाले बजार घटेको जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!