महोत्तरीको मनरा सिस्वा नगरपालिकामा १४ वर्षीया किशोरीको अपहरण गरी बलात्कारको प्रयास भएको पीडित पक्षको आरोप छ । पीडित पक्षले सोही नगरपालिकाकी उपमेयर रमिता प्रधानका पति विनोद गामीले ती किशोरीलाई अपहरण गरी बलात्कारको प्रयास गरेको आरोप लगाएको हो ।

मनरा सिस्वा नगरपालिका वडा नम्बर ६ बाट बुधबार साँझ बेपत्ता भएपछि प्रहरीमा जानकारी गराइ स्थानीयवासी र प्रहरीसमेत खोजतलासमा जुटेका थिए । खोजतलासका क्रममा उपमेयर प्रधानको घर नजिक ती बालिकाको चप्पल भेटिएपछि उपमेयरको घरमा समेत खोजतालस गरिएको थियो ।

शौचालयमा हात–खुट्टा बाँध्नुका साथै मुखमा कपडा बाँधेर बन्द गरेको अवस्थामा फेलापारी किशोरीलाई उद्दार गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले सोही ठाउँकी महिला गिना बैठा र उपमेयरका पति विनोद गामीले ती किशोरीको अपहरण गरी बलात्कार प्रयास गरेको आरोप लगाएको छ।

किशोरीकी आमा जिवु देवी बैठाका अनुसार उनकी छोरीलाई विनोद गामीले जबरजस्ती करणीको प्रयास गरेका थिए । आफ्नो परिवारलाई गाउँबाट उठिबास गराउन विनोद गामीले अपहरण गरेर छोरीलाई बलात्कार र हत्या गर्ने षडयन्त्र रचेको उनको आरोप छ ।

तर आरोपित विनोद गामीले आफूमाथि राजनीतिक प्रतिशोधका लागि षडयन्त्रपूर्ण आरोप लगाइएको बताए । उनले प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहासँग आफूहरुको पहिलादेखि नै दुश्मनी रहेकोले उनकै उक्साहटमा आफूमाथि यस्तो गलत आरोप लगाइएको दावी गरे ।

घटनामा आफ्नो संलग्नमा रहेको प्रमाणित भए आफू कारवाही भोग्न तयार रहेकोसमेत उनले स्पष्ट पारे ।

प्रहरीले आरोपित विनोद गामीलाई पक्राउ नगरेको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जलेश्वर–बर्दिबास सडकखण्ड केहीबेर अवरुद्ध गरेका थिए ।

सो घटना बाहिरिएलगत्तै आरोपित विनोद गामी फरार छन् भने उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिका बहादुर केसीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!