खोटाङ । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वज रहेका छन् ।

खोटाङको साकेला गाउँपालिका–बाँझेच्यानडाँडाको सेखुवामा रहेको खलेबारी जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

गएराति तामाङलाई प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । तामाङको साथबाट एक नाल भरुवा बन्दुक, राइफल तथा पेस्तोलमा लाग्ने ७३ राउण्ड गोली, बारुद, छर्रालगायत बन्दोबस्तीमा सामानहरु समेत बरामद भएको चिमौरियाले बताए ।

जंगलमा सेल्टर बनाएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । तामाङमाथि हातहतियार खरखजना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!