हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 720  पटक पढिएको

खाना पकाउने ग्याँसको कालोबजारी गर्ने १ जना मोरङको बिराटनगर महानगरपालिका- १४ मलाहा रोडबाट मंगलवार दिउँसो पक्राउ परेका छन् । उक्त स्थानमा मनिष यादवले संचालन गरेको फोटोकपी तथा ग्याँस पसलबाट यादवले एउटा ग्यास सिलिण्डरबाट अर्को
सिलिण्डरमा सारी ग्यासको तौल कम गरी बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

यादवको पसलबाट प्रहरीले ठुलो ग्यास सिलिन्डर-११ थान ,सानो ग्यास सिलिन्डर -२ थान, तौल मेसिन-१ थान , रेगुलेटर-२ थान र एयर लिंक गर्ने पाईप १ थान समेत बरामद गरेको छ । यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!