हिपमत डटकम

मंगलबार, मंसिर ३०, २०७७ || 837  पटक पढिएको

बिराटनगर।संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको पहिलो चौमासिकमा २ हजार १ सय ७ मुद्धा दर्ता र ११ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।

यस आर्थिक बर्षको गत ४ महिनामा मात्र २ हजार १ सय ७ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १९३ जना फरार प्रतिवादी पक्राउ गरी ३०० बर्ष कैद भुक्तान भई , १ करोड ११ लाख ३३ हजार ६९ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ करोड ५५ लाख ५३ हजार १९० रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ९६ जना मानिस र ४८९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३१ लाख ५ हजार ६४० राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३३ जना मानिस पक्राउ गर्नुका साथै १२८४ क्यू.फिट. काठ बरामद गरी १४ लाख ९०० राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ४ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ७१ हजार ९६९ वटा सवारी साधनलाई कारवाही गर्दा ४ करोड ४३ लाख ९४ हजार राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ४ महिनामा मात्र कुल ११ करोड ५५ लाख ६८ हजार ७९९ राजश्व संकलन भएको हो ।

यसैगरी अघिल्लो ३ आर्थिक बर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!