हिपमत डटकम

आइतबार, मंसिर २८, २०७७ || 902  पटक पढिएको

बहुमूल्य जडिबुटी यार्सा गुम्बासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली घर भएका २४ वर्षीय विशाल परियार, रामेछाप हिमगंगाका ५९ वर्षीय सुनिल तामाङ, सुर्खेत बराहतालका ५५ वर्षीय शेर बहादुर थापा र संखुवासभा चैनपुरका २२ वर्षीय हिमाल गुरुङ रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकमा अवैध रुपमा यार्सागुम्बाको खरिद बिक्रीको कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुको साथबाट अवैध रुपमा ८६७ ग्राम यार्सागुम्बा लुकाईछिपाई राखेको अवस्थामा फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोधपुछ गर्दा यार्सागुम्बाको कारोबार तथा खरिद बिक्री गरेको कागजात नभएको पाइएको काठमाडौँ प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले रातोपाटीलाई जानकारी दिए । प्रहरीले पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि डिभिजन वन कार्यालय शात्तिसारको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!