बुधबार, मंसिर २४, २०७७ || 788  पटक पढिएको

सेयर बजारसूचक नेप्से मंगलबार ९ अंकले घटेर १ हजार ९ सय ९५ बिन्दुमा आएको छ । कारोबारको सुरुदेखि नै ओरालो लागेको नेप्सेले एकाधपटक बढ्ने प्रयास गरे पनि सफल हुन सकेन ।

मंगलबार २ हजार ४२ सम्म पुगेको नेप्से १ हजार ९ सय ८२ सम्म पुगेको थियो । नेप्सेले एकै दिन ६० अंकसम्म तलमाथि गर्‍यो । मंगलबार कारोबारमा आएको जलविद्युत् र सामूहिक लगानी कोष समूहगत परिसूचक मात्रै बढेको छ ।

माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेन, अरुणभ्याली, अपि, हिमालयन ऊर्जा, हिमाल दोलखालगायतका जलविद्युत् कम्पनीको सेयर मूल्य करिब ४ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ ।

जलविद्युत् समूहको परिसूचक करिब ५ प्रतिशतले वृद्धि भएको छ । यस दिन कारोबारमा आएका २ सय २ धितोपत्र तथा ऋणपत्रमध्ये १ सय ३१ को मूल्य घट्यो भने ५१ वटाको मूल्य बढेको छ ।

कारोबार रकममा केही कमी आए पनि उच्च नै छ । यस दिन बजारमा ५ अर्ब ७१ रुपैयाँको सेयर किनबेच भएको हो । केही समयदेखि बढिरहेको बजारले करेक्सन खोजिरहेको थियो । त्यहीबीचमा राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जा र ओभरड्राफ्ट कर्जामा कडाइ गर्ने संकेत दिएपछि बजार घटेको थियो ।

तर, लगानीकर्ताले राष्ट्र बैंकका अधिकारीहरू भेटेपछि र लगानीकर्तासँगको समन्वयमै सेयर धितो कर्जाको विषयमा निर्णय गरिने अनौपचारिक जानकारी गराएपछि सोमबार बजार पुनः बढेको थियो । नेप्से गत बिहीबार यता ७५ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा ठूला कम्पनीहरूको कारोबार अग्रस्थानमा छ ।

नेपाल पुनर्बिमा, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, शिवम् सिमेन्ट र माथिल्लो तामाकोसीको १६ करोडदेखि ४६ करोड रुपैयाँसम्म कारोबार भएको छ । त्यस्तै, साना किसान लघुवित्त विकास बैंकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १ दशमलव ३१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको सेयर मूल्य ६५ रुपैयाँले वृद्धि भएर १ हजार ७ सय ५७ रुपैयाँ पुगेको छ । लुम्बिनी विकास बैंकले पनि ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको ६ रुपैयाँले मूल्य घटेर २ सय २८ रुपैयाँमा सेयरको अन्तिम कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!