बुधबार, माघ ०८, २०७६ || 1219  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,माघ-८: बाँदर आतङ्कले अन्नबाली नोक्सानी हुने गरेको कुरा नौलो होइन तर कास्कीको मादी गाउँपालिकाका बासिन्दा बाँदर आतङ्कका कारण बसाँइ सर्न बाध्य भएको अवस्था सिर्जना भएको छ । गाउँको बीचमा भएकोे खेती मात्र जोगिन्छ, अन्य स्थानको खेती जोगाउन नसकेर हैरान परिसक्यौँ, अब त बसाइँ सराइ गर्नुबाहेक विकल्प छैन । सो गाउँपालिकाको वडा नम्बर १२ मा चार सय घरधुरी रहेकोमा पाँच प्रतिशत बासिन्दाले मात्र खेती जोगाउन सकेको उनको भनाइ छ । घरमा भित्र रहेको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमै भित्रै पसेरसमेत खान थालेपछि स्थानीय प्रकाश दाहाल बसाइ सरेर तराई जानुभएको छ । बाँदर आतङ्कले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएपछि दाहाल बसाइँ सराइ सर्न बाध्य भएको पीडा उनले पोखे । उत्पादन गर्न खोज्यो, फूल लाग्दै गर्दा बाँदरले बोट उखाल्न थाल्छन् अनि कसरी उत्पादन हुन्छ ? मादी गाउँपालिका–१२ का वडा अध्यक्ष चित्रबहादुर गुरुङले भने, बाँदरका कारण ५०० रोपनी जग्गा बाँझो भइरहेको छ । कानुनले बाँदर मार्न पाइँदैन, बाँदरले हामीलाई बाँच्न दिएन । अब सबै गाउँले मिलेर हेरालु राख्ने अभियान चलाउने सोच बनाएका छौँ । उनले अगाडि भने, बाँदरले नखाने भनेको जमिनमुनिको अदुवा र हलेदो हो । सबैले त्यही बाली लगाउन पनि सकिँदैन । अन्न नलगाएर के खाने ? मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले भने गाउँमा मानिसको जनघनत्व घटेका कारण बाँदरले सताएको बताउँछन् । बाँदरका कारण कास्कीको अर्को गाउँपालिका अन्नपूर्णमा पनि समस्या त्यस्तै छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!