हिपमत डटकम

बिहिबार, मंसिर ११, २०७७ || 616  पटक पढिएको

इटलीको नेपल्स शहरस्थित स्टेडियो सान पाओलो रंगशालालाई म्याराडोनाको नाममा नामाकरण गरिने नेपल्सका मेयर लुईगी डि मागीस्ट्रिजले जनाएका छन् । बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा म्याराडोनाको निधन भएको थियो ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो भने १९९० को विश्वकपमा फाइनलसम्मको यात्रा गरेको थियो ।

म्याराडोनाले १९८४ देखि १९९१ सम्म नापोली क्लबबाट खेलेका थिए । र, दुईपटक नापोलीलाई लिग उपाधि जितका थिए । त्यसैले नापोलीमा म्याराडोना समर्थकमाझ निकै लोकप्रिय छन् । कतिपयले घरमा जिसस क्राइस्टको फोटोसँगै म्याराडोनाको तस्विर पनि राख्ने गरेका छन् । ‘ फुटबल नेपल्सको धर्म हो र म्याराडोना यहाँ भगवान्,’ समर्थकहरुले भन्ने गरेका छन् । ‘हामी स्टेडियो सान पाओलो डिएगो अर्मान्डो म्याराडोनाको सम्मानमा नामाकरण गर्नेछौं,’ मेयर मागीस्ट्रिजले ट्वीटमा लेखेका छन्,‘उनी सर्वकालिन महान् फुटबलर हुन् । उनले हाम्रा मानिसलाई सपना देखाए । उनले आफ्नो प्रतिभा यहाँ देखाए ।’

नेपल्सले २०१७ मा म्याराडोनालाई मानार्थ नागरिकता दिएको थियो । ‘नेपोलिटन र अर्जेन्टिनी, तिमीले हामीलाई खुसी दियौं । नेपल्सले तिमीलाई माया गर्छ,’ मागीस्ट्रिजले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!