हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 771  पटक पढिएको

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगाल बिहीबार नेपाल आउने भएका छन् । श्रृंगाल दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।

विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उनको यो पहिलो भ्रमण हो । यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता अनुरुप रहेको दूतावासले जनाएको छ । भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्नेछन् ।

‘नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरु जोडिएको छ । हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ । भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

केही समयअघि मात्र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल तथा स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपालको भ्रमण गरेका थिए । राजनीतिक नक्साको विवादका कारण नेपाल–भारतबीचको संवाद ठप्पजस्तै रहेकोमा पछिल्लो समय सकारात्मक सुरुवात भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!