हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 563  पटक पढिएको

काठमाडौं / मंगलबारदेखि शुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस संक्रमणको महामारीका बीच मंगलबारदेखि परीक्षा हुन लागेको हो ।

एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने र दुई–दुई मिटरको दूरीमा मात्रै परीक्षार्थीलाई राख्नुपर्ने नियम बनाइएको छ । बोर्डले परीक्षाका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ । परीक्षार्थी, निरीक्षकलगायत परीक्षामा संलग्न कर्मचारीले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने बोर्डले जनाएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गरिएको छ । परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालयलगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था छ ।

स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ  । कोरोना पोजिटिभ भएका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था मिलाइने बोर्डले जनाएको छ ।

देशभरका चार हजार एक सय पाँच वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा चार लाख बत्तिस हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन । यस पटकको परीक्षामा आफू रहेको स्थान नजिकको परीक्षा केन्द्रबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!